२०८१ कार्तिक २०
रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने ।
काठमाण्डौँ, सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई आज (आइतबार) अदालतमा उपस्थित गराइने भएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार काठमाण्डौको वनस्थली स्थित पार्टी कार्यालयबाट पक्राउ गरी स्थलमार्ग हुँदै पोखरा लगिएको हो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्