२०८१ फाल्गुन ५

रवि लामिछाने शुक्रबार राती पक्राउ, रातीनै स्थलमार्गबाट पोखरा पुरायो ।

काठमाण्डौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीेले शुक्रबार पक्राउ गरी स्थल मार्गबाट कास्कीको पोखरा पु¥याएको छ ।
सहकारी ठगीको मुद्दामा अनुसन्धानका लागि प्रहरीले पूर्वगृहमन्त्री लामिछानेलाई पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको हो । शुक्रबार न्यायाधीश कृष्णजंग शाहले रविलाई पक्राउ अनुमति दिए भने छविलाल जोशीको म्याद थपे गरेका थिए ।
कास्की, प्रहरीले रविलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धन कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्र लेख्यो । त्यही पत्रका आधारमा सीआईबीले पूर्व गृहमन्त्री लामिछानेलाई पक्राउ गरेको छ । लगतै उनलाई सडक मार्गबाट पोखरा लगिएको छ ।


कास्की प्रहरीका अनुसार ६ असोजमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीमाथि सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनमा सहकारी ऐनअनुसार ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । अब रविमाथि पनि फौजदारी अनुसन्धान हुनेछ ।
आज शनिबार भएकाले प्रहरी हिरासतमै अनुसन्धान गर्ने र भोली आइबार अदालतमा पेश गर्ने तयारी कासकी प्रहरीको छ ।