२०८१ मंसिर २९

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मध्यम बर्षाको सम्भावना ।

काठमाण्डौँ, काठमाण्डौँ उपत्यका सहित देशका केही भू–भागको मौसम बदली रहेकाले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोसी, वाग्मती, कर्णाली र सुदूरपिश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार राति कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।