२०८१ मंसिर २९

दसैँ मनाउन काठमाण्डौँ छाडेकाहरू फर्कीन थाले । हेर्नुहोस् तस्बिरहरू :

काठमाण्डौँ, दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाण्डौँ फर्कन थालेका छन् । फूलपातीदेखि प्राय सुनसान भएको काठमाण्डौँमा चहलपहल बढ्न थालेको छ ।
यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाण्डौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र काठमाण्डौँबाट बाहिरिएको बताएका छन् । राजधानीको नयाँ बसपार्क, कोटेश्वर, बल्खुमा दसैँका लागि काठमाडौँ छाडेका मानिसहरू दसैँ सकिए लगतै राजधानी फर्किँन थालेका छन् ।