आज फूलपाती, हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्र्याइँदै, नेपाली सेनाले सैनिकमञ्चमा फूलपाती बढाई गर्ने ।
काठमाण्डौँ, आज नवरात्रको सातौँ दिन, दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्र्याउने र बढाइँ गरिँदै छ ।
फूलपातीको उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाण्डौंको हनुमानढोका दसैँ घरमा भित्र्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।
फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । विसं १८२५ मा पृथ्वी नारायण शाहले विजय गरेपछि काठमाण्डौँलाई राजधानी तोकियो । काठमाण्डौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमान ढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाण्डौंको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।

गोरखामा तयार गरिएका फूलपाती सप्तमीका दिनमा पैदल मार्गबाट काठमाण्डौँ ल्याइने प्रचलन रहे तापनि दूरी, भौगोलिक कठिनाइलगायत विभिन्न समस्याका कारण २० औँ शताब्दीको मध्यतिरबाट काठमाडौं लैजान रोकियो । विसं २०३७ मा गोरखा पृथ्वी राजमार्गसँग जोडिएर सडक सुविधा भएपछि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गर्न गोरखाका स्थानीय बासिन्दा तथा सरोकारवालाको पहलमा विसं २०४० को दशकबाट पुनः गोरखाबाट फूलपाती गाडीमार्फत हनुमानढोका ल्याउन थालिएको हो ।
गोरखादेखि धादिङको जीवनपुरसम्म दसैँ घरका पुजारीसहित हनुमान ढोका दरबार हेरचाह अड्डाबाट मगर जातिका छ र शार्दूल जंग गुल्म (गुर्जु पल्टन)बाट दुई मगर पुजारी सहभागी भई ल्याउने प्रचलन छ । जीवनपुरदेखि काठमाण्डौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ । शार्दूल जंग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ ।

उक्त फूलपाती भित्र्र्याउने कार्यमा निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जु पल्टन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको ब्यान्डबाजा, पञ्चेबाजा, नेपाल ‘क्याभ्लरी’बाट घोडा, स्थानीय निकायका पदाधिकारीको उपस्थितिमा सिंगारिएका कल्स्यौडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याई हनुमान ढोकास्थित नासाल चोकमा विधिपूर्वक दसैँ घरमा फूलपाती भित्र्र्याइन्छ ।
-
१
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
२
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।
-
३
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन अन्तिम चरणमा, भोलीसम्ममा नजिता प्रकाशित हुने ।
-
४
आजदेखि संसदको बर्खे अधिवेशन शुरु, सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने ।


प्रतिक्रिया दिनुहोस्