२०८१ चैत्र १०

काठमाण्डौँ छाडनकोे संख्या बडदो, बढी भाडा लिने ३१ जनालाई कारबाही ।

काठमाण्डौँ, घटनास्थापनदेखि आज बिहिबार बिहान ६ बजेसम्म ७ लाखभन्दा बढी मान्छेले काठमाण्डौँ छाडेका छन् ।
काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका डीएसपी रवीन कार्कीका अनुसार बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेका थिए । बुधबारबाट सबै कार्यालयहरु द्यशैं बिदामा बन्द भएकाले बुधबार अपहान्नदेखि आज (बिहिबार) बिहान ६ बजेसम्ममा करिब सात लाखको हाराहारीमा मानसिहरु काठमाण्डौँबाट बाहिरीएका छन् । यो सडक मात्रैबाट काठमाडौं छाड्ने यात्रुहरुको विवरण हो ।


त्यसैगरी हवाई मार्ग भएर बाहिरीनेको संख्या पनि ह्वात्तै बडेको छ । हवाई यात्रु चापलाई लक्ष्यगरी नेपाल वायुसेवाको न्यारो बढी जहाजले आज काठमाण्डौँ–भैरहवा चार्टड उडान गर्ने भएको छ । यसैगरी देशका ठूला विमान स्थलहरु पेखरा, बिराटनगर आदि स्थानमा रात्रीकालीन हवाई उडान समेत शुरु गरेको छ ।
मुख्यगरी पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरुको संख्या पनि उल्लेख्य छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरुलाई कारबाही समेत तिव्र पारिएको छ ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ ।