२०८१ मंसिर २९

बिपी राजमार्ग एक साताभित्र डाइभर्जनसहित सञ्चालनमा ल्याउने : गृहमन्त्री लेखक

काठमाण्डौँ, गृहमन्त्री रमेश लेखकले अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सञ्चालनमा ल्याउने व्यवस्था मिलाइने बताएका छन् ।
बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै विपद्बाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताएका हुन् ।


‘बिपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ’, मन्त्री लेखकले भने, ‘यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको उनले बताए ।’
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागिपरेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यसक्रममा मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे । ‘लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि १५ देखि २० हजार रुपैयाँ र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार रुपैयाँ दिन्छौ’ उनले भने, ‘त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरूले चाँडोभन्दा चाँडो लाभग्राही विवरण पठाइदिनुप¥यो ।


गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोलीले मंगलबार बाढी÷पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको हो ।