२०८१ चैत्र १०

कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा बिहानैबाट हल्का बर्षा ।

काठमाण्डौँ, कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ ।
कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
विभागका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । तर पश्चिमी भागबाट यसबर्षको मनसुन बाहिरीसकेकाले मौसम सफा रहने विभागले जनाएको छ ।
देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।