२०८१ चैत्र १०
स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता ।

काठमाण्डौँ, आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो ।
त्यस अवधिमा २५ राजनीतिक दल दर्ता भएको आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्