२०८२ बैशाख ८
प्रधानन्यायाधीश राउतद्वारा आइतबार सर्वोच्च अदालतमा पदभार ग्रहण ।

काठमाण्डौँ, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आइतबार सर्वोच्च अदालतमा पदभार सम्हालेका छन् ।
पदभार सम्हाल्नुअघि प्रधानन्यायाधीश राउतले राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहणपछि पदभार सम्हाल्न उनी सर्वोच्च अदालत पुगेका थिए । राउतलाई सर्वोच्चका कर्मचारीहरूले फुलमालाले स्वागत गरेका थिए ।
राउतले वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका छन् । न्यायालयमा राउत कम विवादित न्यायाधीशमध्ये पर्छन् । उनको राजनीतिक सम्बन्ध र व्यक्तिगत केही मामिला भने बेलाबेला चर्चामा आइरहन्छन्।
गत बुधबार उनलाई संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्