२०८१ चैत्र १०

नेपाली काँग्रेस हङकङको जनसम्पर्क समितिमा नयाँ नेतृत्व ।

काठमाण्डौँ, नेपाली काँग्रेसको जनसम्पर्क समिति हङकङमा शैलेन्द्रसिंह बोगटीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।
हालै सम्पन्न १३ औं अधिवेशनबाट शैलेन्द्रसिंह बोगटीको सभापतित्वमा कार्यसमिति चयन भएको हो ।
नवगठित समितिको उपसभापतिमा ओमराज गुरुङ र ताहिर खान, महामन्त्रीमा खुशी लिम्बू र भविन लिम्बू, सह–महामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ, कोषाध्यक्षमा रामचन्द्र विक, सह–कोषाध्यक्षमा उपेन्द्र विक, सदस्यहरूमा मिलन गुरुङ, बिकी गुरुङ, समिर गुरुङ, देव श्रेष्ठ, प्रशन गुरुङ र शेशाहाङ राई निर्वाचित भएका छन् ।


नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यलाई नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले शपथ गराएका छन् ।
प्रवासी नेपालीलाई जोड्न भारत प्रवासमा रहँदा बीपीले जनसम्पर्क समितिको परिकल्पना गरेको र अहिले आएर विभिन्न देशमा यो क्रियाशील रहेको अध्यक्ष विद्वान गुरुङले बताए ।