२०८१ मंसिर २९

देशभर मनसुनी वायुको प्रभाव कायमै, कोशी प्रदेशमा भारी बर्षाको सम्भावना ।

काठमाण्डौँ, देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव कारण आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ । बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा छ । कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
पछिल्लो २४ घण्टामा सर्वाधिक विरेन्द्रनगरमा ५२.०, धनकुट्टा २९.४,काठमाण्डौँ ४.५, जिरी ३.२ र पोखरामा १.२ मिलिलिटर बर्षा भएको महाशाखाले जनाएको छ ।