दशैं घरमा जमरा राखियो ।

काठमाण्डौँ, काठमाण्डौँको हनुमानढोकास्थित दशैं घरमा आज बिहान ९ बजेर १६ मिनेटको साइतमा जमरा राखिएको हो ।
सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।
आज बिहानै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर घडा वा कलश स्थापना गरी जौ छरिन्छ ।
आज छरिएको जौको अंकुरण (जमरा)लाई दशमीको दिन देवीको प्रसादको रुपमा टीकासँगै ग्रहण गरिन्छ
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको हो ।
यस वर्षको दशैंको टीका असोज २६ गते शनिबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरेपछि ११ बजेर ३६ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्