प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग रकम संकलन बढ्दो ।
काठमाण्डौँ, भाटभटेनी सुपरमार्केटका सञ्चालक एंव व्यवसायी मिनबहादुर गुरुङले बाढी पहिरो र डुबान पीडितको सहयोगार्थ एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशबाट फर्के लगत्तै सोमबार व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भएको र उनीहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिएको बताएका छन् ।
उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको भन्दै प्रधानमन्त्रीले गुरुङको परिवारलाई धन्यवादसहित सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिरसहित सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद्का सबै सदस्यको एक महिना बरारबरको पारिश्रमिक बाढीपहिरो प्रभावितको तत्काल उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, नेपाल सरकारका सचिवहरुले बाढी–पहिरोबाट प्रभावित घर परिवारलाई राहत दिन ५ दिन बराबरको तलब दिने भएका छन् ।
सोमबार बसेको सचिव बैठकले निजामती सेवाका विशिष्ट श्रेणीका पदाधिकारीको ५ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
त्यसैगरी विभिन्न दल, संध–संस्थाले पनि राहत रकम संकल र दाखीला गर्नेक्रम बढेको छ । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढी पहिरो पीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो ।
सरकारले राहत तथा सहयोग कार्यलाई प्रभावकारी बनाउन स्थानीय सरकारको समन्वयमा मात्र रहत वितरण गर्न भनेको छ ।
-
१
परराष्ट्रमन्त्री राणाद्वारा इजरायल र लेवनानमा राजदूतहरूसँग संवाद ।
-
२
काठमाण्डौँबाट बाहिरीनेको संख्या बढ्दो, ३ लाख ८० हजार मानिसले उपत्यका छाडे ।
-
३
तेह्रथुमका दीपक सिलवालले अनशन तोडे, गृहमन्त्रालय र सिलवालबिच पाँचबुँदे सहमति ।
-
४
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरि मनाइदै ।
प्रतिक्रिया दिनुहोस्