२०८१ आश्विन २०

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान ।

काठमाण्डौँ, प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कीएका छन् ।
प्रधानमन्त्री ओली आइतबार अमेरिकाबाट कतारको दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।
ओली असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । यस्तै उनले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका थिए । सम्बोधनपछि केही भेटघाट र अन्तरक्रियालाई छोट्याएर स्वदेश फर्कीएका हुन् ।