२०८१ आश्विन २०
तरुण दलको विधान संशोधन, केन्द्रीय समिति ९७ जनाको हुने ।
काठमाण्डौँ, नेपाली काँग्रेसको भ्रातृ संस्था तरूण दलले विधान संशोधन गरेको छ ।
विधान मस्यौदा समितिले तयार गरेको विधानलाई ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ । संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९७ जनाको बनाइएको छ । यस अघिको विधानको अनुसार ९५ जना केन्द्रीय सदस्य हुने व्यवस्था थियो ।
संशोधीत विधान अनुसार उपाध्यक्ष ३, महासचिव २, र सचिव ३ जना हुने गरी विधान बनाइएको छ । अध्यक्षले उपाध्यक्ष, महासचिव, सचिव, उपाध्यक्ष १÷१ गरी चारजना पदाधिकारी मनोनित गर्ने व्यवस्था राखिएको छ । केन्द्रमा १२ वटा विभागको व्यवस्था गरिएकोे छ ।
तरुण दलको पदावधि तीन वर्ष बनाइएको छ । तीन वर्षभित्र महाधिवेशन गर्न नसकेको अवस्थामा बढीमा ६ महिना बढाउन पाउने गरी विधान संशोधन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्