परराष्ट्रमन्त्री डा. राणा क्यानाडा प्रस्थान, अक्टोबर ४ मा स्वदेश फर्कने ।
काठमाण्डौँ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार साँझ(केहीबेर अधि) क्यानाडा प्रस्थान गरेकाछन् ।
क्यानाडाको टोरन्टोमा असोज ३ र ४ (सेप्टेम्बर १९ र २०) मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुने ।
परराष्ट्रमन्त्री डा. आरजु राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए । क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।
सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरुमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बैठकपछि मन्त्री डा. राणा अमेरिका प्रस्थान गर्ने छन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसघको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुने छ । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।
अमेरिकामा रहँदा मन्त्री डा राणाले विभिन्न फोरमहरुलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुने कार्यक्रम छ ।
मन्त्री डा राणा अमेरिका पछि कतारको दोहा जाने छन् । दोहामा आगामी अक्टोबर २ र ३ मा हुने एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ ।
सम्मेलनलाई परराष्ट्रमन्त्री डा राणाले सम्बोधन गर्ने छन् । मन्त्री डा. राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्कने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्