२०८१ आश्विन २०
नारायणगढ–मुग्लिन अन्तर्गत नौकिलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालनमा ।
मुगलिङ, नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भाँसिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मतकार्य सुरुभएको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्