२०८१ आश्विन २०

सरकारले असोज ३ देखि नवर्निमित धरहरा सञ्चालनमा ल्याउने ।

काठमाण्डौँ, सरकारले काठमाण्डौँको सुनधारास्थित् नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।
२०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाण्डौँ महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले भने धरहरा सञ्चालनसम्बन्धी यसअघिका सबै निर्णय खारेज गर्दै सञ्चालनको जिम्मेवारी शहरी विकास मन्त्रालयलाई दिएको छ ।