चाडपर्व लक्षित सहुलियत पसल ७ असोजदेखि सञ्चालन हुने ।
काठमाण्डौँ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यका लगायत देशभरका ४२ जिल्लाको ६१ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।
कम्पनीले चाडपर्व लक्षित सहुलियत पसल ७ असोजदेखि सञ्चालन गर्ने भएको छ । दशैं र तिहारका लागि सहुलियत दिन सरकारले कम्पनीलाई ३ करोड बजेट दिएको छ ।
‘उपत्यकाका ४ स्थान सहित ४२ जिल्लाका ६१ स्थानमा सहुलियत पसल सञ्चालन गरिने कम्पनीकी प्रबन्धक अम्बिका पौडलले बताइन ।
कम्पनीले सहुलियत पसल सञ्चालनमा आएपछि सबैथरी चामलको मूल्य प्रतिकेजी ५ रुपैयाँ छुट हुन जनाएको छ ।
‘सहुलियत पसल सुरु भएपछि जिल्ला दररेट निर्धारण समितिले तोकेको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ छुट हुने उनले भनिन् ।
यस्त,ै कर्णालीको रैथाने बालीहरूमा प्रतिकेजी ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ र घिउ पनि प्रतिकेजी ७ रुपैयाँ छुटमा बिक्री हुने कम्पनीले जनाएको छ ।
खसीबोका र च्याङ्ग्राको बिक्री मूल्य भने खरिदपछि मात्रै निर्धारण हुने कम्पनीले जनाएको छ । बजार मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट सहित खसीबोका र च्यांग्रा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री गर्ने खसीबोका, च्यांग्रा, खाद्यान्न लगायत उपभोग्य सामग्री बजारमा पाइनेभन्दा दुई किसिमले राम्रो हुन्छ । सहुलियत पसलमा सस्तो पर्छ भने अर्को गुणस्तर पनि हुन्छ,’ पौडेलले भनिन् ।
सहुलियत पसलमा चिनी बिक्रीका लागि राख्ने नराख्नेबारे टुंगो नलागेको खाद्य व्यवस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्