२०८१ आश्विन २०

नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै ।

काठमाण्डौँ, नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक केहीबेरमा बस्दै छ ।
सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानाबारे नेपाली काँग्रेसले पार्टीको आधिकारीक धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
सभापति द्उवाले बुधबार बिहान आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो । देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका हुन ।