२०८१ चैत्र ५
सरकारी कार्यालयका कर्मचारीको खाजा खाने समय ३० मिनेट ।

काठमाडौँ, सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।
खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, कतिपय सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टा लिने गरेको पाइएकाले त्यसबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जनाएका छन् ।
कार्यालयको खाजा समयको नियमलाई उल्लङ्घन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोधसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्