२०८१ मंसिर २९

आज गणेश चतुर्थी, गणेश भगवानको जन्मदिनको रूपमा मनाइदै ।

काठमाण्डौँ, भाद्र शुल्क चौथीमा पर्ने गणेश चतुर्थी विशेषत हिन्दू धर्मावलम्बीहरूले भगवान गणेशको पूजाअर्चना गरेर हर्षोल्लासका साथ गणेश भगवानको जन्मदिनको रूपमा मनाउने एक महत्वपूर्ण चाड हो ।
हिन्दु सनातनीहरू भगवान गणेशलाई ‘विघ्नहर्ता’ अर्थात् सबै बाधाहरू हटाउने देवताका साथै विद्या, वुद्धि, समृद्धि, र सौभाग्यका देवता पनि यिनै गणेशलाई नै मानिन्छ ।
मानिसहरूलाई आफ्नो जीवनमा आइपर्ने कुनै पनि समस्या, अवरोध वा नकारात्मक तत्त्वहरू हटाउन, नयाँ कार्यको सुरुआत गर्न, भगवानको कृपा द्वारा आशीर्वाद प्राप्त गर्न भगवान गणेशलाई पूजा गर्ने गरिन्छ । यो पर्व भारत र नेपालका धेरै ठाउँहरूमा यस पर्वलाई निकै उत्साहका साथ मनाइन्छ ।
गणेश चतुर्थीमा गरिएको भगवान गणेशको पूजा, निष्ठा, व्रत उपासना र तपको प्रभावद्वारा गणपति भगवानको आशीर्वाद प्राप्त हुने र जीवनमा सुख, शान्ति, र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।
यस दिन देखिने चन्द्रमामा दोष हुन्छ भनेर शास्त्रमा उल्लेख भएको हुनाले, त्यसैले चन्द्रमा हेर्न हुँदैन देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहिआएको छ ।