देशभरका छोटी भन्सार छिट्टै सञ्चालनमा आउने : गृहमन्त्री लेखक
काठमाण्डौँ, गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको र छिट्टै सञ्चालनमा आउन बताए ।
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले मंगलबार गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताए ।
गृहमन्त्री लेखकले भन्नुभयो, “द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको छ ।” भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भए पनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको बताए ।
गृहगमन्त्री लेखकले देशमा स्थायी सरकार निर्माणगरी सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताउँदै एमाले र काँग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नर्गन आग्रह गरे ।
गृहमन्त्री लेखकले देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।
प्रतिक्रिया दिनुहोस्