२०८१ माघ ६

राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको दरवार स्क्वायरमा ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुरको दरवार स्क्वायर पुगेका छन् । ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिन राष्ट्रपति पौडेल भक्तपुरको दरवार स्क्वायर पुगेका हुन् ।
राष्ट्रपति पौडेल भक्तपुर दरवार स्क्वायर पुग्दा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गरेका थिए । भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग सम्वाद समेत गरे । क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पु¥याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।


क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पु¥याउनका लागि आफूले शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताए ।
राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गरेका थिए । क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर, भैरवनाथ मन्दिर दर्शन गर्नुका साथै राष्ट्रिय कला संग्राहलय निरिक्षण गरेका थिए ।