२२ सय नेपाली कामदार इजरायलद्वारा छनौट ।
काठमाण्डौँ, इजरायल सरकारले रोजगारका लागि त्यहाँ जान २२ सय नेपालीको सूची तय गरेको छ । इजरायल सरकारले चिट्ठा प्रणालीबाट २२ सय नेपालीको सूची तय गरेको हो।
इजरायलको राजधानी जेरुसेलममा आयोजित एक कार्यक्रममा चिट्ठा प्रणालीबाट ११९६ महिला र १००६ पुरुष कामदार छनौट गरेका हुन् । इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभागमा आयोजित कार्यक्रममा चिट्ठा प्रणालीबाट २२ सय कामदारको सूची तय गरिएको नेपालस्थित् इजरायली दूतावासले जानकारी दिएको छ ।
हमास आक्रमणपछि नेपाल सरकारले इजरायलबाट नेपाली कामदार फिर्ता पनि ल्याएको थियो भने ठूलो संख्यामा नेपाली कामदार अझै इजरायलका विभिन्न सहरमा काम गरिरहेका छन् ।
काठमाण्डौँस्थित् इजरायली दूतावासमा बिहीबार आयोजित एक कार्यक्रममा सञ्चारकर्मी र परराष्ट्र मन्त्रालयका अधिकारीहरुसमेतको उपस्थितिमा जेरुसेलममा आयोजित कार्यक्रमको प्रत्यक्ष पसारण गरिएको थियो ।
इजरायलको जनसंख्या तथा अध्यागमन विभागले उक्त सूची नेपालको वैदेशिक रोजगार विभागमा पठाउने पनि काठमाण्डौँस्थित् इजरायली दूतावासले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्