२०८१ माघ २६
खचिर्लो र तडकभडक तीज नमनाउन काठमाण्डौँ प्रशासनको चेतावनी ।

काठमाण्डौँ, जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौँले बिहीबार एक सूचना जारी गरी तडमभडक सहित खर्चिलो कार्यक्रम नगर्न आग्रह गरेको हो ।
‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिलो कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचना मार्फत भनेको छ ।
सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्