२०८१ आश्विन २०

आज राष्ट्रपति पाल्पा जाँदै, ऐतिहासिक भगवती जात्रामा सहभागी हुने ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेल आज तानसेन जान लागेका छन् ।
नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएर विजय उत्सबको रूपका मनाइने २०५ औं ऐतिहासिक भगवती जात्रा (खट यात्रा)मा सहभागी हुन आज राष्ट्रपति रामचन्द्र पौडेल आज तानसेन जान लागेका हुन ।
राष्ट्रपति रामचन्द्र पौडेलका साथै जात्रा अवलोकन गर्नका लागि लुम्बिनी प्रदेश सभाका मुख्यमन्त्री चेतनारायण आचार्य पनि पाल्पा पुग्ने भगवती गुठी प्रचारप्रसार संयोजक पदम न्यौपानेले जानकारी दिए ।
जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले पाल्पा जिल्लाभर आज सार्वजनिक बिदा दिइएको छ । रणउजिरेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो । जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघ–संस्था र सर्वसाधारणले पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गर्ने गर्दछन् ।
कर्णेल उजीरसिंह थापाले युद्धमा निस्कनुअघि विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । युद्धमा विजयी भएपछि विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेजलाई परास्त गरेको थियो ।
हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ ।
जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आइएको छ ।