२०८१ आश्विन २

गण्डकी प्रदेश सरकारमा एमाले सहभागी हुँदै, सहमति अनुसार एमालेलाई ४ वटा मन्त्रालय ।

काठमाण्डौँ, नेपाली काँग्रेस र नेकपा एमाले मिलेर संघीय सरकार गठन गरेको डेढ महिनापछि गण्डकी प्रदेश सरकारमा एमाले जाने भएको छ ।
गण्डकी प्रदेशमा नेपाली काँग्रेस नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा बहुमतको सरकार छ । एमालेलाई सरकारमा सहभागी गराउन अहिले भएको ७ वटा मन्त्रालय टुक्राएर १० वटा पु¥याउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।
नेपाली काँग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार नेपाली काँग्रेस र नेपाली एमालेबीच मन्त्रालय संख्या बढाउन सहमति भएको छ । एमालेलाई सरकारमा सहभागी गराउन मन्त्रालय भागबण्डा नमिलेपछि मन्त्रालय बढाएर सहमति गरेको उनले बताए।
‘गण्डकीमा ९ वटा मन्त्रालय र मुख्यमन्त्री रहने गरी १० सदस्यीय मन्त्रिमण्डल बनाउन हाम्रो सहमति भएको छ,’ ‘सहमति अनुसार एमालेलाई ४ वटा र काँग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय लिने सहमति छ ।
कांग्रेसले पाउने मन्त्रालयबाटै नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’लाई मन्त्रीका रूपमा निरन्तरता दिने कांँग्रेसको तयारी छ । अहिले गण्डकी सरकारमा देवकोटा र मनाङेबाहेक काँग्रेसका विन्दुकुमार थापा र टकराज गुरूङ मन्त्री छन् ।
अब गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना र नेपाली काँग्रेसबाट १ जना मन्त्री थपिने कांग्रेस प्रमुख सचेतक न्यौपानले बताए ।
नेकपा एमाले गण्डकीका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मन्त्रालय संख्या ९ वटा पु¥याउन एमालेले प्रस्ताव गरेको बताए । उनले मन्त्रालय संख्या ९ कि १० राख्ने भनेर नटुङ्गिए पनि अब छिट्टै सरकारमा सहभागी हुने बताए ।
यसअघि एमालेले मन्त्रालय संख्या बढाउन नहुने अडान राखेको थियो । अहिले भएको ७ वटा मन्त्रालयमै एमालेलाई ३ वटा मन्त्रालय दिनुपर्ने एमालेको अडान थियो । एमालेले नेसपाका ऊर्जा, जलस्रोत, खानेपानी तथा सिँचाइ मन्त्री फणिन्द्र देवकोटा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रहेका मनाङेलाई सरकारबाट हटाउन दबाब दिएको थियो।
मुख्यमन्त्री पाण्डेले भने आफूलाई विश्वासको मत दिएकाले उनीहरूलाई सरकारबाट नहटाउने अडान लिएका थिए ।