२०८१ आश्विन २०
ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी काठमाण्डौँ आइपुगे ।
काठमाण्डौँ, ओमनका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।
परराष्ट्रमन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाण्डौँ आएका हुन् । उनलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् ।
सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दुतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने गरेको ओमनमा नेपालबाट वैदैशिक रोजगारका लागि श्रमिकहरु जाने गरेका छन् ।
मन्त्री सैयदले दुई दिने नेपाल बसाईका क्रममा नेपाल र ओमानबीचको सम्बन्ध, श्रम कुटनीति लगायत विषयमा छलफल गर्ने बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओली भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । समकक्षी राणासँग दुईदेशीय हितमा संवाद हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्