२०८१ माघ २८

नेपाली काँग्रेसका सभापति देउवाको धनगढी निवास अगाडि शंकास्पद वस्तु ।

धनगढी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित् निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ ।
धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चयकोष नजिकै रहेको देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले एउटा पुरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए ।
उक्त वस्तु के हो भन्ने कुरा नखुलेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइएको प्रहरीले जनाएको छ ।