भारतकी युवा राज्यमन्त्री काठमाण्डौँ आइपुगिन, आँबुखैरेनी बस दुर्घटनाका घाइते भट्दै ।
काठमाण्डौँ, भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाण्डौँ आइपुगेकी छन् ।
तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको भारतीय यात्रुवाहक बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न उनी आज बिहान काठमाण्डौँ आइपुगेकी हुन् ।
उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइएको काठमाण्डौँस्थित् भारतीय दूतावासले जनाएको छ ।
पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस शुत्र,बार बिहान ११ः२० बजेको समयमा सडकबाट करिब ३०० मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।
घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाण्डौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।
मृतकहरुको चितवनको भरतपुर अस्पतालमा शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्