२०८२ बैशाख ८

साफ यु–२० फुटबल अन्तर्गत आज नेपाल र बंगलादेश खेल्दै ।

काठमाण्डौँ, साफ यु–२० फुटबल अन्तर्गत आज नेपालले दोस्रो खेल बंगलादेशसंग खेल्दैछ ।
खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ ।
नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ ।
उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो ।
श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो।
बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
समूह ‘बी’मा भारत र भुटानले एक÷एक खेल जितेका छन् । भोली (शुक्रबार) भारत र माल्दिभ्सबीचको खेलपछि पहिलो चरणको समिकरण पूरा हुनेछ ।
प्रतियोगिताको सेमिफाइनल खेल आइतबार र सोमबार तथा फाइनल खेल बुधबार हुनेछ ।