छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्ध ।
काठमाण्डौँ, आगामी नोभेम्बर २१ देखि ३० सम्म थाइल्यान्डमा हुने तय भएको छैटौं एसियन इन्डोर एन्ड मार्शल आर्टस गेम्स रद्ध भएको छ ।
आयोजक कमिटीले तोकिएको सोमबारसम्मको समयसिमाभित्र आवश्यक मापदण्ड अनुसार तयारी पूरा नगरिएकोले तत्कालका लागि एसियन इन्डोर एण्ड मार्शल आर्ट्स गेम रद्ध गरिएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
छैटौं एसियन इन्डोर एण्ड मार्शल आर्ट गेम्स सन् २०२१ मै हुनुपर्ने थियो । तर, कोभिड महामारी र थाइल्यान्डमा भएको सरकार परिवर्तनका कारण पटकपटक मिति सरेको यो प्रतियोगिता २०२४ नोभेम्बर २१ देखि ३० सम्म गर्ने निर्णय भएको थियो । यसपटक पनि हुन नसक्ने भएपछि रद्द नै गरिएको हो ।
एसिएन इन्डोर एण्ड मार्शल आर्ट गेम्सका लागि नेपाल लगायत अन्य देशका खेलाडीहरुले तयारी गरिरहेका थिए ।
अगष्ट १५ मा बसेको ओसिएस कार्यकारी बोर्डको आकस्मिक बैठकले अगष्ट १९ सम्ममा आयोजक कमिटीले विभिन्न ९ बुँदाको चित्त बुझ्दो तयारी नगरेमा प्रतियोगिता नै रद्द गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्