२०८१ माघ ६

आजदेखि साफ अण्डर–२० च्याम्पियनसिप फुटबल शुरु, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै ।

काठमाण्डौँ, आजदेखि दक्षिण एसियाली फुटबल महासंघ (साफ) अण्डर–२० च्याम्पियनसिपसुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित् एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।
लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गरिरहेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यमा छ । श्रीलंकाले भने आन्तरिक कारण गत संस्करणको प्रतियोगिता खेलेको थिएन ।
नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रँदैछ । गत वर्ष साफ यु–१९ च्याम्पियनसिपमा नेपालको कप्तानी गरेका जियारथ शेख यसपटक पनि टिममा छन् ।
नेपाली टोलीमा यसपटक डिभिजन लिग र एनएसएल खेलेका खेलाडीहरू हुँदा टिम अनुभवी बनेको छ । यस्तै राष्ट्रिय टिमबाट खेलिसकका फरवार्ड समिर तामाङ पनि टिममा छन् ।
साफ यु–२० च्याम्पियनसिपमा पाकिस्तानसहित दक्षिण एसियाका ६ टोलीको सहभागि छन् । समूह ‘ए’ मा नेपाल र श्रीलंकासहित बंगलादेश छ भने साविक विजेता भारतसहित भुटान र माल्दिभ्स समूह ‘बी’ मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।