२०८१ चैत्र १०
परराष्ट्रमन्त्री देउवा आज भारत जांदै, विदेशमन्त्री जयशंकरलाई भेट्ने ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री आरजु राणा देउवा आज (आइतबार) पाँच दिने भारत भ्रमणमा जाने भएकी छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्थात २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने परराष्ट्रमन्त्रालयले जानकारी गराएको छ ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग नेपाल–भारत दुई पक्षीय हित र सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वषौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयले बताएको छ । परराष्ट्रमन्त्री देउवा ६ भदौमा स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्