२०८२ माघ ६
एमसिसीका सेक्टर अपरेसन प्रबन्ध निर्देशक केभिन मिचेल नेपालमा ।
काठमाण्डौँ, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनका सेक्टर अपरेसन प्रबन्ध निर्देशक केभिन मिचेल नेपालमा आइपुगेका छन् ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलाई बारे जानकारी लिन तथा एमसीए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेटघाट गर्न उनी नेपाल आइपुगेको र यो हप्ताभर नेपालमा रहने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
केभिनसँग वित्तीय व्यवस्थापन, योजना, विश्लेषण, र रिपोर्टिङमा ३० वर्षभन्दा लामो समय विश्वका ६० भन्दा बढी देशमा काम गरिसकेको अनुभव छ । पछिल्लो १५ वर्षदेखि उनी एमसीसीमा काम गर्दै आइरहेका छन् ।
एमसीसी लागु भएको देशमा उनले वित्तीय व्यवस्थापनमा राम्रो भूमिका खेलेको बताइएको छ । एमसीसीमा आउनुअघि केभिन विश्व बैंकमा कार्यरत थिए । त्यसअघि उनी रेडक्रसमा पनि काम गरेका थिए ।
-
१
प्रतिनिधि सभा सप्रतिनिधि सभा निर्वाचन अन्र्तगत मनोनयनको सम्पूर्ण तयारी पूरा:जिल्ला निर्वाचन कार्यालय मनाङ ।दस्य निर्वाचन अन्तर्गत आज (मंगलबार) देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ ।
-
२
सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरी मनाउँदै ।
-
३
मनोनय दर्ताको मिति सार्ने तयारी, माध १५ गते मनोनयनको मिति तय गर्ने ।
-
४
सभापति गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता प्रदान ।


प्रतिक्रिया दिनुहोस्