२०८१ आश्विन २

स्थानीय तहको उपचुनाव मंसिरमा गर्न आयोगको सुझाव ।

काठमाण्डौँ कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त स्थानीय तह पदाधिकारी पदका लागि आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन् । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ ।
छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।