२०८१ आश्विन २

आज कोसी प्रदेशमा सार्वजनिक बिदा

विराटनगर । कोसी प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहिबार बसेकोे बैठकले विश्व आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।
आज दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।