२०८१ चैत्र ५

इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा ।

काठमाण्डौँ, नेपाली टोली इरानलाई सोझो सेटमा हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।
घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य राखेको नेपालले मंगलबार भएको जित्नैपर्ने खेलमा इरानलाई ३–० को सेटमा पाखा लगायो ।
नेपालले खेल जित्दा खेलाडीसँगै नेपाली भलिबल समर्थकहरु पनि उत्साहित भएका छन् । यसअघि आइतबार इरानसँग ३–२ को सेटमा पराजित भएकाले पनि नेपाललाई मंगलबारको खेलमा दबाब थियो ।
फाइनलमा नेपालको भिडन्त भारतसँग हुनेछ । भारतलाई लिग चरणमा हराइसकेकाले नेपालले फाइनलमा पनि हराउँदै उपाधि जित्ने आशा राखेको छ ।