२०८१ आश्विन २०

बंगलादेशमा रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन ।

काठमाण्डौँ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षामा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन् ।
ढाका लगायत बंगलादेशमा रहेका नेपालीलाई पर्नेसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न निर्देशन दिएकी हुन् ।
परराष्ट्रमन्त्री डा. राणाले ढाकास्थित् नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिंदै त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिएकी हुन् ।
बंगलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बंलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराए ।
मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।
बंगलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
सो सूचनामा नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासको सम्पर्क ठेगाना पनि दिइएको छ ।