आज गुँला पर्व, अर्ना र भेडाँको सिङको बाजा बजाइन्छ ।

काठमाण्डौँ, बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ यो पर्व नेपाल संवत्को गुँलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछन् ।
नेवार समुदायले विशेष रुपमा मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जानु अपरिहार्य हुन्छ । साथै मध्यपुर ठिमीमा पनि न्याकुबाजा नामक अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ । यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ । यस पर्व काठमाण्डौँ बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ ।
नेवार समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस्