आज (सोमबार) साँझदेखि पुनः वर्षा हुने,मेघगर्जन-ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौँ, आज सोमबार साँझदेखि वर्षाको गतिविधि पुनः बढ्न लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानमा आज (सोमबार)साँझदेखि वर्षामा वृद्धि हुने सम्भावना छ । आउँदो मंगलबार रातिसम्मै वर्षाको क्रम बढ्ने देखिएको महाशाखाले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा क्रमशः उत्तरतर्फ अर्थात् नेपालनजिक सर्ने क्रममा रहेकाले र्षाको गतिविधि बढ्ने छ ।
न्यूनचापीय रेखा नेपालनजिक हुँदा बर्षाको मात्रासँगै क्षेत्रगत रूपमा पनि बढ्ने भएकाले मंगलबार रातिसम्म केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आइतबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिन आज साँझदेखि सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन-ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्