२०८१ कार्तिक २०

सांसद टेकबहादुर गुरुङको अध्यक्षतामा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिको चयन ।

काठमाण्डौँ, पूर्वश्रम  तथा रोजगार राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङको अध्यक्षतामा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति बैठक बस्यो ।
समितिकी सभापति डा. आरजु देउवा परराष्ट्रमन्त्री बनेपछि सभापतिको पद रिक्त रहेको थियो । सभापति चयनका लागि प्रक्रिया अघि बडाउन समितिका जेष्ठ सदस्य सांसद् गुरुङको अध्यक्षतामा बैठक बसेको हो ।
पूर्वश्रम  तथा रोजगार राज्यमन्त्री एवं सांसद टेकबहादुर गुरुङको अध्यक्षतामा बसेको समिति बैठकले आजै दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
समितिको सभापति चयन तालिका अनुसार नेपाली काँग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको थियो । काँग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालको समर्थनमा थापामगरको एकल उम्मेदवारी दर्ता भएको थियो । यद्यपि निर्वाचन कार्यतालिका अनुसार अपरान्ह साढे ४ बजसम्म पनि सदस्य थापाको मात्र उम्मेद्धारी परेकाले बैठकले  कुसुम थापामगरलाई सर्वसम्मत समितिको सभापति चयन गरेको छ ।
सभापतिमा सर्वसम्मत चयन भएका कुसुम थापामगरलाई खदा लगाएर सभाध्यक्ष गुरुङले कुलश र सफल कार्याकालको शुभकामना दिएका थिए भने नवनिर्वाचित समिति सभापति थापामगरले सभाध्यक्ष गुरुङलाई सभापति चयन कार्य सफलतापूर्व सम्पन्न गरेको भन्दै बधाई तथा धन्यवाद दिएका थिए ।