बेंशिशहर–चामे सडक आजदेखि सुचारु, यातायातका साधनहरु गुडन थाल्यो ।
चामे, बेंशिशहर–चामे सडक आज दिउँसोबाट सुचारु भएको छ ।
मनाङ जिल्ला चामे गाउँपालिका वडा नं १ तिमाङ झरनामा अस्थाई फलामे पूल निमार्ण सम्पन्न भएसंगै यातायातका साधनहरु सञ्चालनमा आएको हो । तिमाङ झरनाको पूल र स्र्याक्यू खोलाको पुल बाढीले बगाएपछि विगत २०–२५ दिनदेखि बेंशिशहर चामे सडक अवरुद्ध भएको थियो ।
उक्त २ वटा पुल नभएकै कारण सवरी साधानहरु आवत जावत नै ठप्प हुनुका साथै जिल्लावासीलाई खाधान्न संकट आईपर्ने सम्भावना बडेको थियो । तर, जनप्रतिनिधि, स्थानीय सरकार र स्थानीयवासीको अथक प्रयासका कारण सडक संचालनमा आएको भन्दै
पूर्व श्रम तथा रोजगार राज्यमन्त्री मा. टेकबहादुर गुरुङले पूला निमाणर्मा प्रत्यक्ष तथा परोक्ष सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी सुवास कुमार लामिछानेले सडक आयोजना साथीहरूलाई धन्यवाद छ । छहरा नेर जोखिम मोलेर फलामे बिम सहितको पूल निर्माण गर्ने निर्माण ब्यवसायी आन्द्रे गुरुङ तथा टिम र माइक्रो हाइड्रो नेर काठेपुल निर्माण गर्ने निर्माण ब्यवसायी पासाङ लामा तथा टिम लाई बिशेश धन्यवाद दिएका छन् । साथै यस कार्यमा सहयोग पुर्याउनु हुने सबै जनहरुमा आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्