२०८१ फाल्गुन ५

निस्याङका बालविकास शिक्षकले तीन महिनादेखि थप रकम पाएनन ।

मनाङ, हिमालपारीको जिल्ला मनाङको निस्याङ गाउँपालिकाका नौओटा विद्यालयमा कार्यरत बालशिक्षा शिक्षक÷शिक्षीकाले तीन महिनादेखि पुरा तलबभक्ता पाएका छैनन ।
निस्याङ गाउँपालिकाकाका नौओटा विद्यालयमा कार्यरत बालशिक्ष/शिक्षिकाले गाउँपालीकाबाट पाउने ७ हजारका दरले हालसम्म कुल एक लाख ८९ हजार र विद्याथीहरुले दिवा खाना÷खाजाको रुपमा पाउने ७ रुपैयाँका दरको पाउने रकम गत बैशाखबाट पालिकाले उपलब्ध नगाएरकाले विद्यालय बालशिक्षक /शिक्षिका र विद्याथी मर्कामा परेका छन् ।
साथै, निस्याङ गाउँपालिकामा कार्यरत कर्मचारीहरुले पनि असार महिनाको तलब भत्ता खान पाएका छैनन । हरेक बर्षको असार २४ गते कोलोनीकाबाट बैंक खाता बन्द गरी सक्नु पर्ने निर्देशन भए अनुसार असार २४ गते अधिनै तलब भक्ताका लागि चेक काटीसक्नु पर्ने हुन्छ । तर गाउँपालिकाले समयमा तलब–भक्ता बापतको चेक नकाटेका कारण हालसम्म पनि असार महिनाको तलब भक्ता नपाएको कर्मचारीहरुले गुनासो गर्दै आएका छन् ।