आगामी ३ दिन रातिको समयमा भारी वर्षा हुने।
काठमाण्डौँ, आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी केह िदिन मनसुन गतिविधि अलि सक्रिय हुने बताएको छ । आज, भोलि र पर्सि (आइतबार, सोमबार र मंगलबार) रातिको समयमा भारी वर्षा हुने सम्भावना छ,’ उनले भने, ‘एक–दुई स्थानमा अति भारी वर्षा हुने पनि जनाएको छ ।
महाशाखाका अनुसार रातिको समयमा धेरै पानी पर्नु मनसुनको विशेषता नै हो । अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावामा भएको पानीको मात्रा तापक्रम बढी हुँदा होल्ड हुने क्षमता बढी हुन्छ, राति तापक्रम घटेसँगै होल्डिङ क्षमता घट्छ र वर्षा हुने मौसमविदको भनाई छ ।
गत १२ घण्टामा बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ । सिन्धुपाल्चोक र लम्जुङमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
गत १२ घण्टाको अवधिमा सिन्धुपाल्चोकको मानेखर्कमा १४१.६ र ढुंगेमा ११७ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी लम्जुङको बेसिंशहरमा १०२.४ र खुदीबजारमा १००.३ मिलिमिटर वर्षा मापन भएको छ ।
आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
मंगलबार राति भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्