बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका लामाले आज दाबी पेश गर्ने ।

काठमाण्डौँ, नेपाली काँग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि दुई ठूला दलले नयाँ सरकारको दाबी गर्न लागेका हुन् । नेपाली कांग्रेसका साथै नेकपा एमालेको समर्थनमा लामाले आज (सोमबार) दाबी पेश गर्ने भएका हुन् ।
नेपाली काँग्रेसका सांसद कुन्दनराज काफ्लेका अनुसार आज (सोमबार) बिहान १० बजे मुख्यमन्त्रीको दाबी पेश गरिने भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आइतबार आह्वान गरेका थिए । प्रदेश प्रमुख शर्माले ८ साउन साँझ ५ बजेसम्मको समय दिएका छन् । प्रदेश सरकार संविधानको धारा १६८ (२) अनुसार गठन हुने भएको छ ।
नेपाली काँग्रेस र एमालेबीच मन्त्रालय बाँडप्mाँडमा छलफल जारी रहेको काफ्लेले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्