काठमाण्डौँमा अबिरल बर्षा, नदीमा जल सतह बढ्यो, प्रहरी गस्ती शुरु ।
आनन्द गुरुङ, काठमाण्डौँ—काठमाण्डौँ उपत्यकामा अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढको छ ।
विगत १९ घण्टादेखि काठमाण्डाँै उपत्यकामा अबिरल बर्षा भइरहेकाले बागमती, धोबीखोला, टुुकुचा, मनहरा, भक्तपुरको हनुमन्तेखोल र ललितपुरको नख्खुखोला आदिमा पानीको सतह बडेको छ ।
काठमाडौँ उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।
वर्षाका कारण शनिबार देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कतै डुबान, कतै बाढी त कतै पहिराले प्रभावित पारेर प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्