बेसीशहर–चामे सडक स्तरोन्नतिको लागि माननीय टेकबहदुर गुरुङ गृहजिल्लामा ।
चामे, पूर्वश्रम तथा रोजगार राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय टेक बहादुर गुरुङ बेसीशहर–चामे सडक स्तरोन्नतिको लागि प्रदेश सभा सदस्य मा. मुनिन्द्र जंग गुरुङ सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिडिई पशुपती ज्ञावली , डुम्रे बेसीशहर चामे सडक योजनाको प्रमुख किरण पोख्रेल, मनाङ मर्स्याङदी जलबिद्दुत आयोजनाका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकाय प्रमुख एवं प्रतिनिधको साथ बेसीशहर–चामे सडको अवस्था र भावी कार्ययोजना तर्जुमाबारे बृहत्तर छलफलकालागि गृह जिल्ला मनाङ आएका हुन ।
सांसद गुरुङले केहीदिन अघि सदनमा बेसीशहर–चामे सडकका बिषयमा सरकारको ध्यानाकर्षण गराएउनुका साथै प्रतिनिधिसभाको बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाललाई “बेशिसहर देखि मनाङ जिल्लाको सदरमुकाम चामे सम्म जोड्ने ६५ कि.मी. मुख्य सडकको नेपाली सेनाद्वारा ट्रयाक खोलेको ११ वर्ष भईसक्दा पनि कालोपत्रेको त कुरै छाडौं ग्राभेलिङ समेत भएको छैन । स्थानीय वासिन्दा, आन्तरीक तथा बाहिरी पर्यटकहरुका लागी त्यहाँको यात्रा एकदमै जोखिमपुर्ण र कस्टकर रहेको छ । बाहिर बजारबाट खाद्यान्न ढुवानी गर्न होस या त मनाङ जिल्लाको स्थानीय उत्पादनलाई बाहिरी बजार सम्म पु¥याउन दुबै जोखिम पुर्ण छ, साथै ढुवानी गर्दा उत्तिकै महङ्गो पर्न जान्छ, के मनाङ वासीले यो दुःख सधै भरी भोग्नु पर्ने हा े? सरकार समक्ष सम्पूर्ण मनाङ जिल्लावासीको तर्फबाट प्रश्न राख्न चाहान्छु ।” भनेका थिए ।
सोही विषयलाई विशेष प्रथमिकतामा राखी लमजुङ–मनाङ सडक स्तरोन्नतिको लागि विशेष मिसनसहित आएका हुन ।
प्रतिक्रिया दिनुहोस्